संविधानलाई समाप्त गर्ने काम भएको भयो : शेखर कोइराला

प्रकाशित मिति:

काठमाडौं, जेठ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान समाप्त गर्ने काम भएको बताएका छन्। राष्ट्रपति भण्डारीले संसद् विघटन गरी चुनाव घोषणा गरेपछि प्रतिक्रिया जनाउँदै नेता कोइरालाले संविधानलाई समाप्त गर्ने काम भएको बताएका हुन्। उनले भनेका छन्, ‘संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’

राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्याद कुल्चेको कोइरालाले बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो।’ उनले यसलाई गैरसंवैधानिक काम भनेका छन्। ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ।’ राष्ट्रपति भण्डारीले प्रधानन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेकी हुन्। उनले कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गरेकी छिन्।