नेपालको शैक्षिक प्रणालि

प्रकाशित मिति:

बाबुराम भट्टराई- नेपालको शैक्षिक इतिहासले यसको जरा प्राचीन कालमा पाउँदछ, जहाँ शिक्षाको विकास होमस्कूलिंग र गुरुकुलमा आधारित रहेको देखिन्छ।आधुनिक शिक्षा प्रणाली सुरु हुनुभन्दा अघि संस्कृत र बौद्ध शिक्षा धर्ममा आधारित थियो।  नेपालमा सांस्कृतिक शिक्षा पहिले पनि धेरै लोकप्रिय थियो . यद्यपि बौद्ध शिक्षा प्रणाली धेरै जसो नेपालमा विकसित भएको थियो तर आर्य आक्रमणले नेपालमा संस्कृत प्रणालीको थालनी गर्दै बौद्ध प्रणालीलाई बिस्तारै उत्तरतिर  धकेल्‍यो।

आज नेपालमा व्याप्त शिक्षा प्रणाली केही हदसम्म भारतको ढाँचामा छ जसको फलस्वरूप ब्रिटिश शासनको विरासत थियो। प्राथमिक र माध्यमिक शिक्षाको दुई तह भित्र, त्यहाँ दुई प्रकारका स्कूल र कलेजहरू छन्: सामुदायिक विद्यालयहरू (सरकारी विद्यालयहरू) र निजी विद्यालयहरू यो पनि नेपालमा  शिक्षा प्रणाली कार्यान्वयनभयो  . अब हामी अहिलेको प्रसंग देख्न सक्छौं जहाँ प्राथमिक, माध्यमिक, स्नातक स्तर र डिग्री र विश्वविद्यालयको स्तर छन् । र हामी पनि फेला पार्न सक्छौं यस शिक्षा प्रणालीले विद्यार्थीलाई डिप्रेसन, चिन्ता, प्रदान गर्दछ। तर कसरी ..??

हामी वर्तमान घटनालाई यो प्रणाली गलत रहेको प्रमाणित गर्न सक्दछौं . वर्तमान अवस्थामा मन्त्रिदेखि लिएर प्रणालि सम्म परिवर्नशिल छ । हाम्रो शिक्षा हालै यति राम्रो छ कि , यो हामी कसरी कार्यान्वन गर्नि भन्ने विषयमा अज्ञात भएर मात्र विद्यार्थीमा बोझ बन्न पुगेको हो । अब कुरा गरौ वर्मान अवस्थामा शिक्षा प्रति हाम्रो सोच ।  करिब आदा शिक्षकले सोच्नुहुन्छ  विद्यालयमा पढाईने पढाई  परीक्षाका निम्ति मात्र हो । परीक्षामा कसरी अङ्क लेएर आऊने ,कसरी परीक्षा राम्रो गर्न सकिन्छ , परीक्षामा यो प्रश्न आयो भने कसरी उत्तर लेख्ने  भन्ने विषयमा प्राय केन्द्रित गरिन्छ ,  जबकि  हामी हाम्रो जीवनमा सोही कुरालाई कसरी ऊतार्ने , कसरी प्रत्यक्ष जीवनमा उद्पादनशील गराऊने ,  सोही विषयलाई लिएर आफ्नो जीवन ,र विश्वलाई कसरी अगाडी बढाउने यो कुराई  धेरै जसो ख्याल गरिदैन । परीक्षा छोटो मिठो भएपनि हुनुनी,परीक्षामा उत्तर लेख्दा लेख्दै  बिद्यार्थीहरु पागलहुन्छन ।  सकेसम्म ५ कक्षा सम्म  परीक्षा नालिउ  अनी परीक्षालिदा (MCQ) प्रस्न बाट  परीक्षा लिग्दा राम्रो हुन्छ ।

एऊटा असल शिक्षकले  एऊटा कमजो विद्यार्थीलाई राम्रो विद्यार्थिमा परिणत गर्नुनै एऊटा विशोश गुण हो ।एऊटा असल र राम्रो शिक्षकले कहीले पनि आफुले  घोकेर पढाऊदैन र रमाईलो र  रचनात्मक ढङगले पढाऊन्छ , विद्यार्थीको प्रश्नको समाधान निकाल्न तात्पर रहन्छ र विद्यार्थी सङ्गै घुलमिल पनि हुन्छ र  शिकाईमा कहिले पनि आनाकानी गर्दैन । प्रय शिक्षक  आफ्नो जागिर जोगाउन परीक्षामा बढी केन्द्रित रहेर पढाउने गरिन्छ र सोही कारण विद्यार्थीमा परीक्षाको भय उत्पन्न हुन जान्छ। र परीक्षामा धेरै अङ्क लेएर आउने क्रम्मा र यसको भयका कारण उनिहरूको सो-रचनात्मक दिमाग घटिरहेको हुन्छ अनि प्रत्यक्ष जीवनमा लागु गर्न कठिन हुन्छ ।

हाई स्कूलमा विद्यार्थीको वरिष्ठ वर्षको अन्त्यमा एउटा परीक्षा बाहेक फिनल्याण्डमा कुनै अनिवार्य मानकीकृत परीक्षणहरू छैनन् ।विद्यार्थीहरु, विद्यालयहरु वा क्षेत्रहरु बीच कुनै  तुलना वा प्रतिस्पर्धा छैन ।अब हेर्नुहोस् कस्तो आचाम्मा  फिनल्याण्ड मा परीक्षा होमेवोर्क टेस्ट पराए हुदै हुदैन किन..?? किनकि उनीहरु को सीकाई  मा पूर्ण विश्वास छ । हाम्रो त् कुरै नगरौ ।  १०० चोटी सम्म परीक्षा तेस्ट्स हुन्छन , तेसैलेत हामी धेरै पछाडी छौ नि । हाम्रो मन्त्रि तथा उच्च पदमा रहनुहुने हालको  शिक्षा प्रणालीलाई आलिक बुज्नु भाको छैन कि..? आहिलेको पुस्ता कस्तो खालको शिक्षा आवश्यक छ भनेर ..! किनकि नीति गरौनीलाई भन्दा नीति भोग गर्नेलाई बढी ज्ञात हुन्छ ।

तेसैले  परीक्षा ठुलो कुरा होइन , परीक्षा भन्दा सिकाई ठुलो कुरा हो।  विद्यार्थीलाइ शिप सिकाऊन जरुरी छ।  परीक्षा को भए र त्रास होइन..!! । केहि केहि कुरा गलत हुन सक्लान तेसका लागि माफ गर्नुहोस् तर वास्तविकता यो पनि हो ।