यी हुन् एमालेबाट निष्काशित निवर्तमान सांसदहरु [सूचीसहित]

प्रकाशित मिति:

काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठकले आफ्नै सरकार ढाल्न विपक्षी दलका नेताको पक्षमा हस्ताक्षर गर्ने ११ जना निवर्तमान सांसदलाई पार्टीबाट निस्काशन गरेको छ ।उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ ।

बालुवाटारमा बसेको स्थायी समिति सदस्यले माधव नेपाल, झलनाथ खनाल लगायत ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्कासन गरेको एक सदस्यले  बताए ।यसअघि उनीहरुमाथि कारबाही थाल्ने प्रक्रियाको रुपमा स्पष्टिकरण सोधिएको थियो ।

एमाले स्थायी समितिले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जना सांसदलाई पार्टीबाट हटाएको हो ।

यी हुन् एमालेबाट निस्काशित निवर्तमान सांसदहरु

१ झलनाथ खनाल

२ माधवकुमार नेपाल

३ भीमवहादुर रावल

४ मुकुन्द न्यौपाने

५ रामकुमारी झाँक्री

६ सरला यादव

७ पुष्पाकुमारी कर्ण

८ कलिला खान

९ निरादेवी जैरु

१० लक्ष्मी कुमारी चौधरी

११ कल्याणी खड्का

थप समाचार