सीसीएमसीको सीईओमा पूर्वरथी बालानन्द शर्मा

प्रकाशित मिति:

काठमाडौं, जेठ ११ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्। पूर्वरथी शर्माकै नेतृत्वमा माओवादी सेना समायोजन गरिएको थियो। पछिल्लो समय उनी अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत थिए।

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारले पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको जनाएको छ। उनले कोरोना नियन्त्रणका लागि केन्द्रीय कमाण्डको नेतृत्व गर्नेछन्।मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रण तथा रोकथामका लागि अध्यादेश मार्फत सीसीएमसीको पुनर्गठन गरि शर्मालाई सीईओ नियुक्त गर्ने व्यवस्था गरेको हो। योसँगै प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसीको निर्देशक समिति रहने व्यवस्था गरेको छ। यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सीसीएमसी गठन गरिएको थियो। उनको भूमिका प्रभावकारी नभएपछि प्रधानमन्त्री ओलीले नयाँ व्यवस्था गरेको नजाएको छ।