गुल्मी-धुर्कोट युवा सञ्जालले सञ्चालन गरेको धुर्कोट कोभिड व्यवस्थापन आर्थिक अभियान बाट संकलित रकमबाट एक लाख उन्चालिस हजार एकतिस रुपैँया बराबरको स्वास्थ्य साम्रगी धुर्कोट गाउपालिकालाई प्रदान गरेको छ । धुर्कोटमा जन्मिएर देशबिदेशमा रहेका युवा, व्यापारी, कर्मचारी र केही जनप्रतिनिधिसँग उठाईएको रकमबाट एक लाख उन्चालिस हजार एकतिस रुपैँया बराबरको १५० थान एन्टिजिन किट र १५ थान पिपिइ मगंलबार हस्तान्तरण गरिएको हो ।
सो अवसरमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणको लागि अभियान सन्चालन गरि गाउँपालिकालाई सहयोग गरेकोमा आयोजक तथा सहयोगी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । उनले प्रत्येक वडाबाट एन्टिजिन परिक्षण गर्न सकिने बताए ।
उक्त हस्तान्तरण उपप्रमुख शिव ब खत्री, प्रमुख प्रशाशकिय अधिकृत काशीराम पन्थी, स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल र अभियानको तर्फबाट पुष्कर खड्का, कृष्ण केसी, राजन पोखरेल र नारायण जिसी लगाएतको सहभागीता रहेको थियो ।











