कांग्रेसका प्रवक्ता शर्माले जिते कोरोना

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना जितेका छन् । सोमबार स्वाब दिएका उनको आज कोरोना नेगेटिभ रिर्पोट आएको हो ।

शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिएका हुन । प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताएका छन् ।

“म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै सङ्क्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु”, उनले भनेका छन् । प्रवक्ता शर्माको वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।