एनआरएनए राज्य च्याप्टरका संस्थापक सभापतीहरुको समर्थन लामिछानेलाई

प्रकाशित मिति:

टेक्सास । गैर आवासीय नेपाली संघ अमेरिकामा कृष्ण लामिछाने समूहका सबै उम्मेदवारहरुको जित निश्चित रहेको एक सर्वेक्षणले देखाएको छ । अमेरिकाभरि गरिएको एक सर्वेक्षणका अनुसार लामिछाने समूहका सबै उम्मेदवारहरुले एनआरएनए अमेरिकाको निर्वाचनमा जित हासिल गर्ने देखिएको हो ।

सर्वेक्षणले एनआरएनएका अधिकांश अभियन्ता र नेपाली संघसंस्थाहरुको समर्थन लामिछानेलाई रहेको तथा ७० प्रतिशत हाराहारीमा मत प्राप्त हुने देखाएको हो । साथै एनआरएन अमेरिकाको आसन्न निर्बाचनमा प्रतिस्पर्धा गरि रहेका अध्यक्षका उम्मेदवारहरु मध्ये कृष्ण लामिछानेको लोकप्रियता सबै भन्दा बढी रहेको समेत देखिएको छ । त्यस्तै, समाजका सबै बर्ग, पेश समुदायबाट समर्थन पाउने क्रममा एनआरएन अमेरिकाका राज्य च्याप्टरका संस्थापक सभापतीहरुको समर्थन पनि लामिछाने समूहले नै पाउने भएको छ । हिजो बसेको अनौपचारिक बैठकले बिगत देखि समाजसेवामा प्रखर रुपमा उत्रिएका र एनआरएनको मर्म बुझेका कृष्ण लामिछानेलाई समर्थन गर्ने सर्बसम्मत निर्णय गरेको हो ।

बैठकको आयोजना एनआरएन इलिनोइ च्याप्टरका संस्थापक अध्यक्ष सुमन वस्तीले गर्नु भएको थियो । बैठकमा न्युयोर्क च्याप्टरका संस्थापक अध्यक्ष टेम्बा शेर्पा, क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण बानिया, टेक्सास च्याप्टरका संस्थापक अध्यक्ष उत्तम लामिछाने, मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्ष जेदु पोख्रेल, ओरेगन च्याप्टर च्याप्टरका संस्थापक अध्यक्ष राम ओझा, भर्जिनिया च्याप्टरका संस्थापक अध्यक्ष मुक्ती दवाडी, कोलोराडोका सभापति बासुदेव खनाललगायत एनआरएनए राज्य च्याप्टरहरुका बिभिन्न पदहरुमा बसी काम गरिसकेका पदाधिकारीहरुको सहभागिता थियो ।