एनआरएनएकापेट्रान डाक्टर केशव पौडेल द्वारा सुवेदी समूहलाई समर्थन गर्ने घोषणा

प्रकाशित मिति:

जुम सभामा भएको कार्यक्रममा एनआरएनए अमेरिकाका पेट्रान केशव पौडेल द्वारा अध्यक्षता प्रत्याशी बुद्धिसागर सुवेदी लगायत उहाँ संग सहकार्य समूहले सस्थाको मर्मलाई बुझी गतिशील,सशत्त,संस्थागत,सामावेशी तथा युवा सशक्तिकरण को विषयमा महत्वपूर्ण योगदान गर्नसक्ने साथीहरूलाई समाहित गर्न सकेको र सस्थालाइ गतिशील बनाउन महत्वपुर्ण योगदान गरेको भन्दै आफूले पूर्णरुपमा सहयोग र समर्थन गर्ने घोषणा गर्नुभएको थियो, जनसम्पर्क समितिका नेताहरु बेद खरेल, धनञ्जयनरसिंह केसी, केशव बराल, भगवान मैनाली, थलराज पन्त मुनिन्द्र नेम्बाङ राज सेन्चुरी , सुभाष घिमिरे, रामशरण हुमागाई लगाएत ८० प्रतिशतभन्दा बढी नेताहरूको उपस्थिति रहेको उक्त जुम हल िसभामा सुवेदीको नेतृत्वमा रहेको समूह सबल सक्षम र समावेशी हुनुका साथै अब जितको नजिक रहेको र अबको ७२ घण्टा संयमता अपनाउ आग्रहसमेत गर्नुभएको थियो

कार्यक्रममा विभिन्न राज्यबाट निर्विरोध निर्वाचित च्याप्टर प्रेसिडेन्ट लगायत विभिन्न संस्थाका प्रमुखका साथै मतदाताहरुले पनि हालसम्मकै उत्कृष्ट समूह सँग सहकार्य र सहयोग गर्न पाउँदा निकै उत्साहित रहेको विचार व्यक्त गरेका थिए िआफुले भन्दा पनि सम्पूर्ण उमेदवार साथीहरुले कसरी विजय हासिल गर्न सक्छन् भन्ने कुरामा जोड दिनुपर्ने र हाम्रा भन्दा राम्रा साथीहरूलाई निर्वाचित गराउनु पर्ने विचार व्यक्त गर्नुभएको थियो

उक्त कार्यक्रममा एनआरएनएका नक्षत्रका रूपमा परिचय बनाउन सफल युवा वैज्ञानिक डाक्टर यादव पण्डितले सकारात्मकता प्रवाह गर्ने उमेदवार र सम्पूर्ण उपस्थित सहभागीहरुलाई यो निरन्तर अभियान रहेको र यो समूह जितको नजिक रहेकोमा बधाई ज्ञापन गर्दै अभियानलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको थियो