भेरी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको छानबिनका लागि समिति गठन

प्रकाशित मिति:

काठमाडौं । भेरी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको छानबिनका लागि समिति गठन गरिएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले बाँकेका सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको हो ।

विष्टको संयोजकत्वमा गठित समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि सदस्य छन् । सो समितिले आजैबाट काम थाल्ने छ भने तीन दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।

थप समाचार