गल्ती गरे स्वाभिमान लुक्न सक्छ एकदिन,
स्वाभिमानी ठाडो शिर झूक्न सक्छ एकदिन।
रात रहे अग्राख पनि पलाउछ भन्ने गर्थे ,
होस गर पाको मौका चुक्न सक्छ एकदिन।
पुर्खाको त्यो स्वाभिमान लिलाम गर्दै गयौं भने,
सन्तानले पराइको दैलो ढुक्न सक्छ एकदिन।
पसिनाले धर्ती सिन्चौ फाल्न सक्छ हिरा मोति,
आशा गर्ने बानी पनि रुक्न सक्छ एकदिन।
होश गरौं सधैं आफ्नो स्वार्थ भित्र रम्न खोज्दा,
दुनियाँले हामिलाई थुक्न सक्छ एकदिन ,
गोर्खालीको स्वाभिमान झुक्न सक्छ एकदिन ।
गणतन्त्र दिवसको सबैमा सुभकामना !! जय नेपाल












