गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती ताबुक साउदी अरबको पाँचौं अधिवेशन सम्पन्न
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको मातहतमा रहेको क्षेत्रिय समन्वयन समिती ताबुकको पाँचौं अधिवेशन यही मिती:२८-मई-२०२१ शुक्रवारका दिन सम्पन्न भएको छ। कोरोना माहमारिका कारण भौतिक उपस्थित भएर अधिवेशन गर्न असम्भव भएकोले विद्युतिय माध्यम भर्चुअल जुम मार्फत २०२१-२३ कार्यकालका लागि अधिवेशन सम्पन्न भएको हो।NRNA NCC साउदी अरबका सल्लाहकार र ताबुक RCC का संस्थापक श्री भक्त हमालको संयोजकत्वमा रहेको निर्वाचन समिती द्वारा गरिएको अधिवेशनमा १३ पदाधिकारीहरु निर्बिरोध चयन भएका हुन्। गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती ताबुक साउदी अरबको २०२१-२३ कार्यकालका लागि निर्वाचित पदाधिकारीहरु निम्न प्रकार छन्:
अध्यक्ष : नर बहादुर खतिवडा
उपाध्यक्ष : देवि बहादुर सुतारकार्की
सचिव : युवराज पोख्रेल
सह-सचिव :खेम राज खत्री
कोषाध्यक्ष : दिपक कार्की
सह-कोषाध्यक्ष :राज कुमार सिलवाल
सदस्य : आइ बि गुरुङ
सदस्य : देबिद्र जुगजालि
सदस्य : बिक्रम तिमल्सिना
सदस्य : ओम थापा
सदस्य : सानु भाई कुरकुटि
सदस्य : प्रकाश थापा
सदस्य : शक्ति भट्ट
अधिवेशन सकिए लगत्तै हलमा बसेको भौतिक उपस्थितिको पहिलो बैठकले निवर्तमान अर्जुन थापा र हेमन्त बस्नेतलाइ सल्लाहकारमा नियुक्त गरियो।क्षेत्रिय समिती ताबुकका सचिव युवराज पोख्रेल र NCC KSA का महासचिव श्री उमेश भट्टराई दुरा सन्चालित कार्यक्रममा संस्थाको २०१९-२१को कार्य प्रगती विवरण अध्यक्ष अर्जुन थापाले गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोशाध्यक्ष देबि बहादुर सुतार कार्की ले गरेका थिए।नवनिर्वाचित अध्यक्ष नरबाहादुर खतिवडा ले २०२१-२३ का लागि आफ्नो अध्यक्षताको अवधिभर साउदी अरबमा कार्यक्रत हरेक नेपाली श्रमिकहरुलाई आइपर्ने समस्याको निराकरण गर्नको निम्ती यहाँ स्थित नेपाली नियोग लगायत सम्पूर्ण संघसंस्थाहरु संग हातेमालो, सहयात्रा, समन्वय गर्दै श्रमिक उध्दार, राहत तथा क्षतिपूर्तिको निम्ती हर सम्भव प्रयास गर्ने ,खेलकुद तथा अन्य कार्यक्रमहरु गर्ने भावी योजना प्रस्तुत गरेका थिए। सभापति अर्जुन थापा ले २०१९-२१ अवधिभर आफ्नो अध्यक्षतामा रहेको समितिले निरन्तर साथ र समर्थन गरी कार्यकाल सफलता पूर्वक सम्पन्न सग्न सहयोग गरेकोमा सम्पूर्ण टिमलाई धन्यवाद दिंदै आगामी कार्यकालको सफलताको निम्ती नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै कार्यक्रम समापन भएको थियो।












