रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७० संक्रमित डिस्चार्ज

प्रकाशित मिति:

बुटवल । रुपन्देहीमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३७५ जनाको कोरोना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ३५ जना, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा १५ १५, सैनामैना नगरपालिकामा १३ जना, ओमसतिया गाउँपालिकामा ५ जना र अन्य केही स्थानिय तहमा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार २६८ पुगेको छ । हाल जिल्लामा ३ हजार ९० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २२ हजार ७६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४१६ पुगेको छ ।

थप समाचार