रक्सी चोरेको भिडियो सार्वजनिक भएपछि एक असईसहित दुई प्रहरी निलम्बनमा

प्रकाशित मिति:

जनकपुरधाम, जेठ १७ – रक्सी चोरेको आरोपमा तीन जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले रक्सी चोरेको आरोप खेपेको भन्दै तीन जनालाई निलम्बन गरेको हो। लहान-२३ गढियास्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का चोरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक ९असई० र दुई जवान निलम्बनमा परेको सिरहा प्रहरीले जनाएको छ।

निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत असई नवलकिशोर ठाकुर तथा जवानहरू अन्नु कुमार राय र नरेश कुमार राय छन्। उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम आज सोमबार देखि लागू हुने गरी निलम्बन गरिएको बताइएको छ। प्रहरीका अनुसार गत जेठ ९ गते उनीहरू गस्तीमा खटिएका थिए। मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसल सञ्चालक भागे। त्यहीबेला ती प्रहरीले केही भोड्का आफ्नो साथमा लगेको भिडियो सार्वजनिक भएको थियो।

थप समाचार