बिद्यालयले आर्थिक अनियमितता गरेको सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला को आरोप

प्रकाशित मिति:

मर्चवारको बेतकुईयामा रहेको कृषक आदर्श माध्यमिक बिद्यालयको अभिभावक भेला सम्पन्न भएको छ ।अभिभावक भेलामा सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ले बिद्यालयले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन । उनले बिद्यालयले भर्ना गरेको बिद्यार्थीहरु बढी भएको र अध्ययनमा कम बिद्यार्थी देखिएको दावी गरे । बढी बिद्यार्थी संख्या देखाएर बिद्यालयका कर्मचारीले सो बापत प्राप्त हुने रकम रकम अनियमितता गरेको उनको भनाई छ । “प्रत्येक कक्षामा बढी बिद्यार्थी छन, हाजिर जहिले पनि कम हुन्छन किन” उनले प्रश्न गरे । यसको मूख्य कारण बिद्यार्थीहरुलाई प्राप्त हुने अनुदान, छात्रवृत्ति लगायतको रकम शिक्षकले स्वयम खाने गरेको उनले बताए ।
यति मात्र नभई गाउँपालिकाले दिएको रकममा समेत बिद्यालयले खर्च गर्न नसकेको शुक्लाले दावी गरे । उनले बिद्यालयले गत बर्ष नै पुस्तक बितरण नगरेको बिद्यालयले यस बषर्् सोही रकम पुस्तक खरिद शिर्षकमा खर्च गरेको समेत आरोप लगाए । अभिभावकहरुको भेलामा बोल्दै उनले केही ब्यक्तिहरु शिक्षकको प्रलोभनमा परि शिक्षकलाई नछुन दबाव दिए पनि अब गाउँपालिका मुकदर्शक बनेर नबस्ने चेतावनी दिए । “बिद्यालयलाई अख्तियार दुरुपयोगको पत्र आई सकेको छ । सो बिषयमा गाउँपालिकाको कार्यालय पनि आन्तरिक रुपमा छानविन गर्छ” शुक्लाले भने ।
अभिभावक भेलामा बोल्दै शुक्लाले प्रत्येक अभिभावकले बिद्यालयका शिक्षक र ब्यवस्थापन समिति संग हिसाब माग्ने समय आएको बताए । उनले आफ्ना बालबालिकाको उज्वल भविष्यको लागी बिद्यालय प्रति जागरुक एवम जिम्मेवार बन्न समेत आग्रह गरे । सम्मरीमाई गाउँपालिका शिक्षा संयोजक शालीकराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टुकराज पाण्डे लगायतको सहभागीता रहेको थियो । भेलाले नया ब्यवस्थापन समिति गठन गर्न भनिए पनि त्यहा भएको विवादको कारण समिति गठन हुन सकेको थिएन ।