काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा थापाको निधन भएको जानकारी दिएका छन् ।
थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हिजो थापाको कोरोना रिपोर्ट नेभेटिभ आए पनि स्वास्थ्य अवस्था गम्भीर थियो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।












