काठमाडौं – नेपालमा थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । यस्तै, एकैदिन १०१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७३१ पुगेको छ ।











