काठमाडौं । काठमाडौं उपत्यकाका फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आइतबार दिउँसो ३ बजे बैठक उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप लागिएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ । बैठकले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नसक्ने सम्भावना पनि रहेको छ ।
जारी निषेधाज्ञाको अवधि भोली राति १२ बजे सकिँदैछ ।












