प्रहरीले ज्वाला संग्रौलासहित तीन जनालाई पक्राउ गरेको छ । पछिल्लो समय विभिन्न घटनामा विवादीत बन्दै आएकी संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो । उनीसहित ३ जनालाई पक्राउ गरिएको हो । अन्य पक्राउ पर्नेहरुमा शर्मिला वाइबा र हिमाल उपाध्याय रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार एकजना महिलामाथि कुटपिट गरेको आरोपमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।महानगरीय प्रहरी बृत्त गौशाला भित्रै खुश्वु घिमिरेलाई कुटपिट गरेको आरोप उनीमाथि रहेको छ । सोही घटनाको अनुसन्धानका लागि संग्रौलालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् ।संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् ।











