भिन्न मन्त्रालयका एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साझ ६ बजेपछि बैठक बसिरहेको हो । बैठकमा यसअघि कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ९सीसीएमसी०मा भएको ‘स्मार्ट लकडाउन’बारे छलफल हुने एक मन्त्रीले बताए ।
नियमित बैठक भएकोले बैठकको लागि खास विषेश एजेण्डा नरहेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।











