कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय उद्घाटन भएको प्रति गण्डकीका सांसल मल्लको आक्रोश ।

प्रकाशित मिति:

बुटवल । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको प्रति गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले विरोध जनाउनु भएको छ । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको  गृह मन्त्री   विष्णु पौडेलले शनिबार उद्घाटन गर्नु भएको थियो ।

गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर ?पन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने उद्देश्य यो आयोजनाको छ । स्याङ्जाको गल्याङ्ग नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा बाँध बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान र दोभानबाट बुटवलको बेलबाससम्म थप ७ किलोमिटर सु?ङ खनेर तिनाउमा पानी झार्ने योजना छ । यो आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब लागत अनुमान गरिएको छ ।

आयोजनाको कार्यालय उद्घाटनसंगैे नदी तटीय क्षेत्रका बासिन्दाले विरोध गरेका छन् । डाइभर्सन आयोजनाले लुम्बनी प्रदेशका पाल्पा , गण्डकीको स्याङ्जा र तनहुँसम्मका १० वटा स्थानीय तह प्रत्यक्ष प्रभावित हुने भन्दै यो आयोजनाको विरोध भएको छ- गण्डकीका प्रदेश सांसद भागवत प्रकाश मल्लले यो आयोजनाले गण्डकी प्रदेशका विभिन्न ठाउलाई असर गर्ने भन्दै कुनै हालतमा अघि बढ्न नदिने वताउनु भएको छ , सांसद मल्लले यो आयोजनाको चर्चा हुन थालेदेखीनै विरोध गर्दै आउनु भएको थियो , संसदमा पनी पटक पटक आवाज उठाउदा पनी सुनुवाई नगरी एकतर्फी तरवरले यो आयोजना अगाडि वढाईएको भन्दै सांसद मल्लले आक्रोश व्यक्त गर्नु भएको छ ।