काठमाडौँ – नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने भएको छ।
बुधबार बालुवाटारमा बसेको एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले नेता खनालको सम्पूर्ण उपचार खर्च पार्टीले जिम्मा लिने घोषणा गरेका हुन्।मिर्गौला सम्बन्धी समस्या भएपछि खनालको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ।
त्यसअघि उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचार भएको थियो।एमाले बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ। बैठकले खनाल–नेपाल समूहमा रहेका ११ जना नेताहरुलाई पार्टी सदस्य समेत नरहने गरी गरिएको कारबाही पनि फिर्ता लिएको छ।











