६० जना महिलाद्वारा यौन आक्रमणको शिकार भएको आरोपित हास्य कलाकार बिल कज्वी कैद मुक्त
अमेरिकामा करिब ६० जना महिलाहरुले हास्य कलाकार बिल कज्वी बिरुद्ध यौन आक्रमण तथा यौन उत्पीडन भएको आरोप लगाई कैद समेत भएका कज्वी कैद मुक्त भएका छन् । जुन २९ बुधबारका दिन उनलाई पेनसेलभेनियाको सर्वोच्च अदालतले उनलाई रिहा गरेको छ ।
उनि रिहा हुने बित्तिकै मानिसहरु आश्चर्य चकित भएका छन् । सोच्दै नसोचेको कुरा बाहिर आए पछि पीडित महिलाहरुले अदालत प्रति पनि अविश्वास रहेको भन्दै टिका टिप्पणी सामाजिक संजाल मार्फत प्रकाशित गरेका छन् । उनलाई दोषी ठहर गरि सन् २०१८ देखि उनि कारागार जीवन बिताई रहेका थिए । उनले १० बर्षको कैद सजाय सुनाईएको थियो ।
उनि केवल अढाई बर्ष पछि कैद मुक्त भएका छन । महिला कलाकारहरुले क्रोधित भएका छन् । उनले लागू पदार्थ महिलालाई खुवाई अचेत अवस्थामा हुँदा अस्मिता लुटेका थिए भनि समेत आरोप लागेको थियो भनि युएसए टुडेले समाचार लेखेको छ । १९३७ मा जन्मेका कज्बी अहिले ८३ बर्ष का भएका छन् । उनले कैद मुक्त भए पछि “मैले आफ्नो अडान र कथा परिवर्तन गरेको छैन। मैले सधैं आफ्नो निर्दोषता कायम राखेको छु, ” उनले सामाजिक संजालमा लेखे । “मेरा सबै प्रशंसकहरू, समर्थकहरू र साथीहरूलाई धन्यवाद जुन यस परीक्षामा मसँग उभिए। कानूनको शासन कायम राख्नका लागि पेन्सल्भेनिया सर्वोच्च अदालतलाई विशेष धन्यवाद,” कज्बीले भने ।












