संविधान माथिको अतिक्रमणका विरुद्धमा ५ दलीय गठबन्धन निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सोमबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विद्यार्थीहरुको र्यालीले नगरका विभिन्न भाग परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागी विद्यार्थीहरुले संविधानको धारा ७६ लागू गर्न माग गरेका छन् । प्रदर्शनमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं आवद्ध थिए ।











