स्याङ्जा-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्याङजाको एक अस्पताल शिलान्यास गरे। तर , स्थानीय सरकार बेखबर बनेपछि यसको विषयमा चर्को विवाद सुरु भएको छ।स्याङ्जाको आँधीखोला-५, सेती दोभानस्थित आँधीखोला अस्पतालको प्रशासन भवन शिलान्यास गरेर फर्किएपछि यस विषयमा आँधीखोला गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ।
आँधीखोला गाउँपालिकाको सम्पत्तिमा मुख्यमन्त्रीको रजाई यो कुनै कानुनसम्मत छैन’, गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले भने, ‘आँधीखोला विकास तथा स्वच्छता समूहले पालिकालाई हस्तान्तरण गरेको अस्पतालमा शिलान्यास हुँदा पालिकालाई बेखबर गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ख्यमन्त्री नेपालीले गत १९ गते १५ शय्याको आँधीखोला सामुदायिक अस्पतालको एनेक्स विल्डिङको शिलान्यास गरेका थिए। २०६७ सालमा महायज्ञ गरेर आँधीखोला विकास तथा स्वच्छता समूहले उक्त अस्पताल निर्माण गरेको थियो।निर्माण सम्पन्न भई अस्पताल चल्न नसकेपछि ०७६ जेठ १६ गते पालिकास्तरीय बनाएर सञ्चालन गर्न उक्त समूहले गाउँपालिकालाई पत्राचार गरेको थियो। उक्त संस्थाले अस्पतालको जग्गा, भवन मात्रै नभई भवनभित्र रहेका मेसिनरी सामान पनि गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो।
एक पटक हस्तान्तरण भइसकेको स्थानीय सरकारको सम्पत्तिमा एकपक्षीय ढंगले शिलान्यास गर्न आउनु मुख्यमन्त्रीको ओज घटेको गाउँपालिकाको आरोप छ।मुख्यमन्त्रीले लोकतान्त्रिक प्रणाली व्यवस्थाको ठाडो उल्लंघन गरेको आरोप लगाउँदै पलिका अध्यक्ष पौडेलले भने, ‘प्रदेश सरकार चलाउने खुबी छैन, स्थानीय सरकारमाथि हस्तक्षेप।’











