मेलम्ची– प्रधानमन्त्री केपी शर्मा ओलि भोलि शनिवार मेलम्ची क्षेत्रको बाढी पहिरोको स्थलगत निरिक्षणको लागि आउनु हुने भएको छ । पहिला हेलम्बु गएर त्यसपछि मेलम्ची आउने कार्यक्रम रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकार अरुण पोखरेल जानकारी दिनुभयो ।
हेलम्बुको गणेश बगरमा पीडितहरुसंग भेटघाट गर्ने र अहिले सम्मको राहत र उद्वारको बारेमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम पोखरेलले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु हुनेछ ।
मेलम्चीमा भने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी गराउने कार्यक्रम रहेको छ ।











