रुपन्देहीको तिलोत्तमा नगरपालिका सहित विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला परेका छन् । तिलोत्तमा नगरपालिका-३ सिमानगरस्थित तिनाउ नदीमा बुटवल उपमहानगरपालिका-११ विनापोत बस्ने ६४ वर्षीय निल बहादुर श्रेष्ठक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको बालाजु प्रहरीका अनुसार काठमाडौँको बालाजुचोकस्थित सडक छेउमा सोही ठाउँ जनजागृती टोल घर भएकी ३८ वर्षीया कौसिला नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
मोरङको बुढीगंगा गाउँपालिका-७ घर भई हाल सुन्दरहरैचा नगरपालिका(१ संगीतचोकस्थित हजुरबुबाको घरमा बस्दै आइरहेका १९ वर्षीय रविन रिजाल पनि सुतिराखेको ठाँउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।











