काठमाडौँ – निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै घोषित चुनावको सबै कार्यक्रम आयोगले रद्द गरेको हो।
केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेका थिए। उक्त मितिमा चुनाव गराउन आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।
मंगलबार संवैधानिक इजलासले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।











