प्रतिनिधि सभाको आठौं अधिवेशन शुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटालले आफ्नो मन्तव्य राखेका छन् । उनले प्रतिनिधिसभालाई अवमूल्यन गर्नेविरुद्ध लगाम लागेको बताए ।
आजको बैठकमा १५ वटा अध्यादेश पेश हुने संसद सचिवालयले जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधि (तेस्रो संशोधन), कोभिड–१९ संकट व्यवस्थापन, स्वास्थ्यकर्मीको तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश पेश गर्नेछन् ।त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) र नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश पेश गर्नेछन् ।
त्यस्तै कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्थमन्त्री जनार्दन शर्माले पनि तीन–तीन वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।











