पाकिस्तानी प्रधानमन्त्री खानले दिए समकक्षी देउवालाई बधाई

प्रकाशित मिति:

काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरा खानले समकक्षी शेरबहादुर देउवालाई बधाई दिएका छन्।आइतबार प्रतिनिधिसभाबाट विश्वासका मत पाएका देउवालाई खानले सोमबार ट्वीटमार्फत बधाइ ज्ञापन गरेका हुन्।

खानले बधाईंसगै पाकिस्तान नेपालसँग मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

उनले भनेका छन्, ‘नेपालसँग अझ गहिरो सम्बन्ध राख्न चाहन्छौँ। र साझा सरोकारका विषयमा मिलेर अघि बढ्न तयार छौँ।’ विश्वासको पाएसँगै आइतबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् बधाई दिएका छन्।