जसपा का तीन जना सांसद पदमुक्त

प्रकाशित मिति:

लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् ।
पदमुक्त भएका सांसदहरु प्रदेश सरकारका मन्त्री रहेका छन् । सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन् ।