काठमाडौं, साउन १७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्रका लागि कुनै शुल्क नलिन निर्देशन दिएको छ।
खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय सरकारले गरेको अवस्थामा पनि तोकिएका अस्पतालहरूले शुल्क लिएको पाइएपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो। खोप लगाएको प्रमाणीका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताल तोकिएका छन्।









