प्रदेश प्रमुख शेरचनद्वारा लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही साउन २७ गतेका लागि आह्वान

प्रकाशित मिति:

बुटवल,२१ साउन । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही साउन २७ गते बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको बिशेश अधिवेशन यही साउन २७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिब दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा जनाइएको छ ।

लुम्बिनी प्रदेश सभामा विपक्षी गठवन्धन दलहरूद्वारा प्रदेश सभामा दर्ता गरेको मुख्यमन्त्री शंकर पोखरेल बिरूद्वको अविश्वासको प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वन गर्न माग गर्दै यही साउन १९ गते प्रदेश प्रमुख समक्ष समावेदन दिएका थिए ।