लुम्बिनी तिनाउ सामुदायिक पुस्ताकालयको प्रयास: कोरोना रोकथाम गर्न सचेतना फैलाउदैँ समुदायमा
सुरेश परियार- लुम्बिनी तिनाउ सामुदायिक पुस्ताकालयको आयोजनामा मास्क वितरण कार्यक्रम आज सम्पन्न भएको छ । तेस्रो लहरको रुपमा नेपाल सहित विश्व भरि फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सचेतना फैलाउदैँ इलाका प्रहरी कार्यालय सालझण्डीको समन्वयमा मास्क वितरण कार्यक्रम भएको पुस्ताकालयका कर्मचारी कल्पना गैरेले बताईन् ।
सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले कोरोनाको उच्च जोखिम भएकाले आफनो तर्फबाट स्वास्थ्य सामाग्रीको प्रयोग गरि अत्ति आवश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेका छन् । सवैको साझा प्रयासबाट मात्र यो महामारीबाट बच्न र बचाउन सकिने अर्यालको तर्क रहेको छ ।तपाईको मास्क खोई रुकोरोनाबाट आफु पनि बचौँ,अरुलाई नि बचाउ जस्ता सन्देशमुलक पम्पलेटहरु हातहातमा लिई सैनामैनाको बासगढी बजार परिक्रमा गरिएको हो ।पुर्वपश्चिम राजमार्गमा गुड्ने सवारी–साधन,पैदलयात्री लगायतलाई तपाईको मास्क खोइ अभियान अन्तर्गत मास्क वितरण गरी सचेतना फैलिइएको प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिए ।
कोरोना संक्रमणका कारण धेरै नेपालीको मृत्यु भएको भन्दै यसबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने लुम्बिनी तिनाउ सामुदायिक पुस्ताकालयका अध्यक्ष गोपाल भण्डारीले बताए । विधार्थीहरुको क्षेत्रमा यस पुस्ताकालयले उदारणीय कार्य गरेको तर्क गर्र्दै अध्यक्ष भण्डारीले सामाजिक क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह गरेको बताए ।कार्यक्रम लुम्बिनी तिनाउ सामुदायिक पुस्ताकालयका अध्यक्ष गोपाल भण्डारी,सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख हेमराज अर्यालको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा पुस्ताकालयका उपाध्यक्ष माया ज्ञवालीको स्वागत मन्तब्य,कल्पना गैरेको कार्यक्रम औचित्य माथि प्रकाश र सचिब मुक्त बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित यस कार्यक्रममा ट्याग किशोरीहरु प्रहरीहरु,पुस्तकालय समितिका पधाधिकारिहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।











