तिर्थराज ज्ञवाली – सावन २९, भालुवाङ,देउखुरी दाङ-राप्ती गाउँपालिका वडा नं १ को कार्यालमा हरेक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सुरु भएको छ ।लमही स्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिनु भएको छ ।
हरेक महिना को अन्तिम शनिबार निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुन गइरहेको लेबेलैमा आँखा का बिरामी हरुले सम्पर्क गरी उपचार गराउन वडा अध्यक्ष तारा बहादुर डिसीले सबैमा अनुरोध गर्नु भएको छ ।
महिनाको अन्तिम शनिवार उपलध हुने सेवाहरुमा आँखा जाँच, चस्मा जाँच, चस्मा तथा औषधि, माइनर अप्रेसन तथा अन्य सेवा हरुरहेको बताईएको छ । यो सावन महिनाको अन्तिम शनिवार यहि ३० गते परेकोले आँखा का बिरामी हरुले वडा नं १ का कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।












