बुटवल । अविरल बर्षाका कारण प्रभावित रोहिणी गाउंपालिका ४ पकडिहावा १५ परिवारलाई जनता समाजवादी पार्टी रुपन्देही विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ ।
वर्षाका कारण आएको बाढीबाट निकै प्रभावित भएका उनीहरुलाई जसपा बिपद ब्यवस्थापन समितिले त्रिपाल र १५ दिनका लागि पुग्ने खाद्यान्न वितरण गरेको हो । कार्यक्रमको अध्यक्षता विपद् व्यवस्थापन समिति संयोजक रवि रौनियारले गरेका थिए भने सँघिय परिषद सदस्य रुपा मल्ल, समाजवादी युवा संघ लुम्बिनी प्रदेशसह–इन्चार्ज रेनु सिंह, युवा नेता ईन्द्र जित राय र मोहम्मद युसुफको उपस्थिति रहेको थियो ।












