पछिल्लो २४ घण्टामा देशभर थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न स्थानमा गरिएको पीसीआर परीक्षणमा १५४८ र एन्टीजेनमा २५३ गरी १८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८७०४ पीसीआर र २६२२ एन्टीजेन परीक्षण भएका छन। यस्तै संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। १९२४ जना भने संक्रमणमुक्त भएका छन्।












