तिर्थराज ज्ञवाली, भदौ ९, सिसहनिया(देउखुरी दाङ)
राप्ती गाउँपालिका क्षेत्रमा कार्यक्षेत्र बनाउदै आएका २ साना किसान कृषि सहकारीलाई ब्यवस्थापन हस्तान्तरण गरिएको छ ।
उरहरी दाङमा केन्द्रिय कार्यालय रहि राप्ती गाउँपालिकाको वडा न १, २, ३ र ४ लाई कार्यक्षेत्र बनाई काम गर्दै आएको लालमटिया साना किसान कृषि सहकारी संस्था र वडा नं ५, ६, ७ र ८ लाई कार्यक्षेत्र बनाई काम गर्दै आएको सिसहनिया साना किसान कृषि सहकारी संस्थालाई पुणर् जिम्मेवारी सहित ब्यवस्थापन हस्तान्तरण गरिएको हो ।
साना किसान कृषि सहकारी संस्था उरहरीका अध्यक्ष लोकराज आचार्यको अध्यक्षता तथा नेपाल कृषि संघ तथा साना किसान विकास बैकका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आथित्यता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको विशिष्ट आथित्यतामा २ साना किसान कृषि सहकारीको ब्यवस्थापन हस्तान्तरण गरिएको छ । सिसहनिया साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष विष्णु गुरुङ तथा लालमटिया साना किसान कृषि सहकारी संस्था अध्यक्ष लाई सहकारीको ब्यवस्थापन पक्ष हस्तान्तरण गरिएको हो ।












