एनआरएनए आइसीसीको अमेरिकाज क्षेत्रको रिजनल कोअर्डीनेटर आरसीमा पशुपति पाण्डेले उमेद्वारी दिने जानकारी दिएका छन्। नेप्लिज डायस्पोरासंग कुरा गर्दै पाण्डेले उक्त जानकारी गराएका हुन्। एनआरएनए अमेरिकाका निबर्तमान महासचिव पाण्डे न्युयोर्कको पद हस्तान्तरण कार्यक्रमपछी सार्बजनिक रुपमा कतै देखिएका छैनन्। उनको मौनतामा धेरैले केहि कुरा लुकेको बताईरहंदा पाण्डे भने भित्रभित्रै आरसी पदको लागी तयारी गरिरहेको आशंका पनि गरिएको थियो।
महासचिव हुँदाको दुई बर्ष पारिवारिक, व्यक्तिगत र जागिरे जीवनका धेरै कुरा ब्यबस्थित गर्न बाँकी थियो। यो दुई महिना त्यसैमा ब्यस्त भएँ। पाण्डेले भने, आईसीसीको यात्रा के गर्ने भन्नेमा छलफल र तयारी पनि गरें। किन आरसीमा उमेद्वारी दिने त ? भन्ने नेप्लिज डायस्पोराको प्रश्नमा पाण्डेले भने, महासचिवमा मैले गरेको काम, मेरो सक्रियता र मेरो क्षमता देखेर होला साथीहरुले पटक पटक आग्रह पनि गर्नुभयो। र यो संस्थासंग मेरो पनि एउटा लगाव बसिसकेको छ। संस्थाभित्र केहि सुधार र केहि डेलिभरी आवश्यकता महशुश गरेर म आफै पनि अग्रसर भएको हुँ।किन सार्बजनिक घोषणा नगरेको त ? भन्ने जिज्ञासामा पाण्डेयले भने, क्लोज सर्कलमा कुरा भईरहेको छ। केहिदिन मै सार्बजनिक घोषणा गर्दैछु।@nepalesediaspora.com












