मणिपाल मेडिकल कलेज सवा ३ अर्बमा नेपालीले किने 

प्रकाशित मिति:

काठमाडौं – पोखराको मणिपाल मेडिकल कलेज आनन्द राज बतास र नारायण पौडेलले किनेका छन् । बतास समूह मेडिकल कलेज व्यवसायमा पनि प्रवेश गर्दै यो कलेज किनेको हो ।भारतीय मणिपाल एजुकेसन एन्ड मेडिकल समूहको लगानीमा खुलेको मणिपाल मेडिकल कलेज कलेज निजी क्षेत्रबाट सञ्चाललित नेपालको पहिलो मेडिकल कलेज हो ।

भारतीय मणिपाल समूह असोज १ गतेबाट पूर्ण रुपमा यो कलेजबाट बाहिरिने छ । सन् १९९४ बाट सञ्चालित यो कलेज बतास र पौडेलले ३ अर्ब २५ करोड रुपैयाँमा खरिद गरेका हुन् ।कलेजसँग ६० रोपनी आफ्नै जमिन छ भने हाल प्रयोग गर्दै आएको १५० रोपनी जमिन भने भाडामा छ ।७५० शैया भएको यो मेडिकल कलेजले मेडिल शिक्षामा १ सय सिट पाउने गरेको छ ।

निकट भविष्यमै पब्लिक कम्पनीमा जाने र केही वर्षभित्र सर्वसाधारणका लागि सेयर समेत निष्काशनको लक्ष्य बोकेर आफूहरुले यो कलेज खरिद गरेको नयाँ खरिदकर्ताहरुले बताएका छन् । मणिपाल मेडिकल कलेजमा अब अध्यक्ष आन्नदराज बतास र सञ्चालकमा शान्तराज बतास र नारायण पौडल रहने छन् । यो कलेजको स्वामित्व बताससँग ६० र पौडेलको अटोवेजसँग ४० प्रतिशत रहनेछ ।