बैतडी । बैतडीकी हत्या गरिएकी भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।च्यारिटी म्याचका सहभागीहरुले व्यक्तिगत सहयोग गरी उठेको दुई लाख ७० हजार आठ सय ४० रुपैयाँ रकम भागरथीका परिवारलाई शनिबार सहयोग गरिएको हो ।नेपालिज असोसिएसन अफ भिक्टोरिया (न्याभ), गैरआवासीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा भट्टका परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गरिएको थियो ।
जसमा न्याभ– ११ र एन आर एन ए– ११ टिम बीच प्रतिस्पर्धा भएको थियो । मल्टीडाइनामिक रिअल स्टेटको सहकार्यमा शनिबार एक समारोहको आयोजना गरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भागरथीका परिवार कृष्ण भट्टमाफर्त आमा द्रोपती भट्टलाई हस्तान्तरण गरेका हुन ।सो अवसरमा बोल्दै मुख्यमन्त्री भट्टले भागरथी हत्या घटना जघन्य अपराध रहेको बताउँदै भने,‘यस्ता जघन्य अपराध हुन नदिन सभ्य समाजको निर्माण गरिनुपर्छ । यसमा हामी सबैको भुमिका आवश्यक रहेको छ ।’
उनले प्रदेश सरकारले हत्या, हिंसा, बलात्कार जस्ता घटना हुन नदिन सुरक्षा निकायसँग समन्वय गरिरहेको बताए ।उनले भने, ‘भागरथी हत्या घटनामा संलग्न अपराधी कानुनी कठघरामा रहेको छ । यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर प्रदेश सरकार लागि रहेको छ ।’सनातन माध्यमिक विद्यालय कक्षा १२ मा पढ्रिहेकी भागरथी माघ २१ गते बुधबार विद्यालयबाट घर हि“ड्दा वेपत्ता भएकी थिइन । माघ २२ गते हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।











