थप २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि , १ हजार ८०८ निको

प्रकाशित मिति:

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२३३ जनामा गरिएको परीक्षणमा २२ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

छिल्लो २४ घण्टामा देशभर १ हजार ८०८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।