आम्दा अस्पताललाई प्यासन मोनिटर हस्तान्तरण

प्रकाशित मिति:

बुटवल, १४ भदौ- रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले बुटवलको सिद्धार्थ महिला तथा वाल अस्पताल ९आम्दा० लाई प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आइसीयू कक्षमा भर्ना भइ उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ । संजालले ७ लाख ४६ हजार ५० रुपैयाँ बराबरको मोनिटर प्रदान गरेको कार्यक्रम संयोजक तथा संजालका कला साहित्य तथा सांस्कृतिक संयोजक मुक्तिराम पोख्रेलले जानकारी दिए ।

आइतबार एक कार्यक्रमकाबीच सञ्जालका प्रतिनिधि कांशीराम काफ्लेले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। राजेन्द्र प्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरे । सो अवसरमा अस्पतालका मेसु डा। बस्यालले जापानी जनताको सहयोगमा निर्माण भएको अस्पताल अहिले आन्तरिक तथा वाह्य सहयोगबाट संचालनमा रहेको बताए । उनले अष्ट्रेलियामा रहेका नेपालीहरुबाट अस्पतालमा सहयोग पाउँदा निकै खुसी लागेको भन्दै धन्यवाद ज्ञापन गरे ।कार्यक्रममा संजालका अध्यक्ष ईश्वर पोखरेलले विरामीले उपचार सेवा पाउने संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एक एक रुपैयाँ गरी संकलन गरिएको सहयोग राशीले विरामीको उपचारमा सहयोग पु्ग्ने उनको विश्वास छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा संजालका महासचिव दिवाकर काफ्लेले संजालले अहिलेसम्म गरेको कार्यको बारेमा जानकारी दिदै कर्मको लागि विदेशी भूमिमा रहे पनि आफ्नो मुलुकको माया लागेर नै सहयोग कार्यलाई जारी राखिएको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, सल्लाहकार एवं पदाधिकारी, सदस्य, आम्दा अस्पतालका प्रशासन प्रमुख धुर्व श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।त्यस्तै गरी सल्लाहकार डा। प्रकाश पौडेल, उपाध्यक्ष रोशन कोइराला, सदस्य सरोज पाण्डे, रन्जिता भन्डारी लगायतका व्यक्तिहरू जुममार्फत जोडिएका थिए ।सन् २०१५ मा स्थापना भएको उक्त संजालले कोभिड प्रभावितहरुलाई राहत वितरण, तिलोत्तमामा यौन हिंसामा परेका वालिकालाई सहयोग, क्यान्सर पिडितहरुलाई सहयोग, भुकम्पपीडितहरुलाई एनआरएनमार्फत सहयोग, मणिग्रामस्थित आत्मशान्ति अनाथ आश्रम, नेपाल अपांग आश्रममा सहयोग गरिसकेको छ ।