बुटवल उद्योग बाणिज्य संघमा औषधि बस्तुगत समिति गठन गरिएको छ । बुधबार बसेको व्यबसायी सदस्यहरुको बैठकले एकदेव बस्यालको सभापतित्वमा समिति गठन गरेको हो ।समितिको उपसभापतिमा दीपक भट्टराई, सचिवमा ध्रुवकुमार शर्मा, कोषाध्यक्षमा दीपक अधिकारी तथा सदस्यहरुमा सुरज खत्री, नारायण तिवारी, रमेशप्रसाद पाण्डे, लक्ष्मण मण्डारी र किशोर पोखरेललाई चयन गरिएको छ ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले गठित बस्तुगत समितिलाई औषधि व्यबसायीका समस्या पहिचान गर्न आग्रह गर्दै पहिचान गरेका समस्या समाधानको लागि संघले पहल पैरवी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संघको बारेमा जानकारी गराउँदै संघको गरिमा र साख बढ्ने गरी काम गर्न समेत आग्रह गर्नुभयो ।
संघका बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको सभापतित्वमा भएको कार्यक्रमको समन्वय औषधि बस्तुगत समितिका समन्वयकर्ता संघका कार्यसमिति सदस्य सुरज भट्टराईले गर्नुभएको थियो ।








