चेम्बर अफ कमर्शले बजार अनुगमन तथा सचेतना उपसमिति र पर्यटन प्रवर्द्धन विभाग उपसमिति गठन

प्रकाशित मिति:

भैरहवा, २२ माघ । उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श) रुपन्देहीमा बजार अनुगमन तथा सचेतना उपसमिति र पर्यटन प्रवर्द्धन विभाग उपसमिति गठन गरिएको छ । सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुईवटा उपसमिति गठन गरिएको महासचिव सचिन रोक्काले बताए ।कृष्ण प्रसाद पाण्डेको संयोजकत्वमा बजार अनुगमन तथा सचेतना उपसमिति गठन गरिएको छ । जसको सह–संयोजकमा चिरिञ्जीवि राउत, सदस्यहरुमा बाल बहादुर घिमिरे र विष्णु प्रसाद भट्टराई रहेका छन् ।

त्यस्तै गणेश प्रसाद बेल्बासेको संयोजकत्वमा पर्यटन प्रवर्द्धन विभाग उपसमिति गठन गरिएको छ । जसको सह–संयोजकमा राजेश महोत्रा, माधब न्यौपाने, सदस्यहरुमा लक्ष्मण न्यौपाने, सिर्जना जोशी, सुरज भण्डारी, टंक अर्याल र दामोदर पन्थी रहेका छन् ।कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनले उद्योगी व्यवसायीको हकहितसंगै सामाजिक कार्यहरु समेत गर्दै आएको बताए । उनले पर्यटन व्यवसायीका लागि राज्यले खासै काम गर्न नसकेको बताए । ‘कोभिड–१९ महामारीले पर्यटन क्षेत्रको दर्दनाक अवस्था छ, ’उनले भने ।संगठनका पूर्वअध्यक्ष खिम बहादुर खत्रीले नेपालमा पर्यटन क्षेत्रको धेरै सम्भावना रहेको बताए । उनले राज्यले पर्यटन क्षेत्रमा सोचेअनुरुप काम गर्न नसकेको बताए । वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले पर्यटकको सेवासुविधामा ध्यान दिनुपर्ने र पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न अघि बढ्नुपर्ने बताए । उपाध्यक्ष रामचन्द्र रेग्मीले कोरोना महामारीले पर्यटन व्यवसाय थला परेको बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले संगठनले विभिन्न उपसमिति गठन गर्दै आएको बताए ।बजार अनुगमन तथा सचेतना उपसमितिका संयोजक कृष्ण प्रसाद पाण्डेले उपसमितिले सचेतना फैलाउने गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताए । पर्यटन प्रवर्द्धन विभाग उपसमितिका संयोजक गणेश प्रसाद बेल्बासेले संगठनको वार्षिक कार्ययोजना अनुसार उपसमिति गठन गरिएको बताए ।संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, गणेश प्रसाद बेल्बासेको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।