उद्योग व्यापार संगठन, रुपन्देहीले कृषि विभाग उपसमिति गठन

प्रकाशित मिति:

भैरहवा, १५ माघ ।-उद्योग व्यापार संगठन, रुपन्देहीले कृषि विभाग उपसमिति गठन गरेको छ । शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ उदयपुरस्थित संगठनको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच राम प्रसाद भण्डारीको संयोजकत्वमा १५ सदस्यीय उपसमिति गठन गरिएको हो ।उपसमितिको सह–संयोजकमा राजेन्द्र कुमार गुप्ता, तुल्सीराम पराजुली, कोषाध्यक्षमा लक्ष्मी खनाल, सचिवमा राम प्रसाद पन्थ, सह–सचिवमा टोपा गिरी र सह–कोषाध्यक्षमा केशव बस्याल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा देवसिंह गुरुङ, रामसेवक कुर्मी, चन्द्र गौतम, रामवृक्ष अहिर, काशीराम मरासिनी, नागेन्द्र कोइरी, चन्दर हरिजन र गंगाराम यादव रहेका छन् ।त्यसै गरी सल्लाहकारमा बाबुराम भट्टराई र राजेन्द्र प्रसाद रेग्मी रहेका छन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले किसानको समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्न उपसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले कृषि क्षेत्रमा विकराल समस्या रहेकोले समाधानका लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष ज्ञवालीले उत्पादनले बजार पाए किसानको हौसला बढ्ने बताए । ‘संगठनले किसान लक्षित तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ, ’उनले भने ।

संगठनका पूर्व अध्यक्ष खिम बहादुर खत्रीले वास्तविक किसानले अनुदान पाउनुपर्ने बताए ।वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले नेपालमै मल उद्योग स्थापना हुनुपर्ने बताए । कोषाध्यक्ष राम मिलन यादवले कृषकको समस्या समाधान खोज्न संगठनले सम्बन्धित निकायमा पहल गर्ने बताए ।संगठनका सचिव तथा प्रवक्ता लक्ष्मण भण्डारीले कृषि क्षेत्रमा धेरै समस्या रहेको बताए ।कार्यक्रममा सहभागि किसानहरुले समयमै मल तथा बिउको व्यवस्था हुनुपर्ने, उत्पादनले कृषि सामग्रीले बजार पाउनुपर्ने, सरकारले कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने, बिचौलिया हटाउनुपर्ने, सिंचाईको व्यवस्था हुनुपर्ने भनाइ राखेका थिए ।