एमालेले भन्याे– ‘सरकार तुइन घटना थामथुम गर्ने प्रयासमा लागेकाे देखिएकाे छ’

प्रकाशित मिति:

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेको घटनाबारे छानबिन समितिको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छ ।

आज बिहीवार प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिको प्रतिवेदन अस्पष्ट रहेको बताएको हो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले निकाल्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, ‘पटकपटक म्याद थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ ।’यस्तै एमालेले आफ्ना नागरिक बेपत्ता पारिएको संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिन, सोधपुछ गर्न, आपत्ति जनाउन र कुटनीतिक पहल गर्न नसक्ने सरकारले नागरिक ध्यान मोड्न खोजेको आशङ्का देखिएको बताएको छ ।

अविलम्ब यस घटनाको यथार्थ सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न एमालेले माग गरेको छ ।

parrdip