मोरङमा कांग्रेस अधिवेशन सर्यो

प्रकाशित मिति:

नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ। वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्ण रूपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिए।उनले मोरङमा कुल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा १६ हजार २ सय ७७ को नवीकरण र अन्य नयाँ रहेको बताए।