काठमाडौं, असोज १ : सरकारले चाडबाडको अवसरमा आमउपभोक्तालाई लक्षित गरी आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका् छ ।सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ३९ जिल्लाका ४३ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । हरेक वर्ष दसैँ, तिहार र छठ पर्वका वेला सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ।
महँगी बढेको वेला सरकारले सहुलियत दरमा खाद्य वस्तुहरू बिक्री–वितरण गर्दा आमउपभोक्तालाई केही राहत मिल्ने गरेको छ। कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ । यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ ।
कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो । खाद्य कम्पनीसँगै साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान ९डीडीसी० ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । यो वर्ष कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भिडभाड नहुने गरी खाद्यान्न बिक्री–वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।












