प्रतिलिपि अधिकार ऐनविरुद्धको कसूरमा एक जना पक्राउ

प्रकाशित मिति:

पर्सा, असोज ५ : प्रतिलिपि अधिकार ऐनविरूद्ध कसूर गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेश्यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाइनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू पनि प्रहरीले बरामद गरेको छ ।उनीमाथि पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको कार्यालयले जनाएको छ।

थप समाचार