नेपाल फार्मेसी संघ, लुम्बिनी प्रदेशद्वारा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन
विश्व फार्मेसी दिवसको उपलक्ष्यमा नेपाल फार्मेसी संघ, लुम्बिनी प्रदेशद्वारा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा संघको अध्यक्ष ध्रुव कुमार शर्मा को अध्यक्षता र लुम्बिनी प्रदेश को प्रदेश स्वास्थ सचीव डा। बिकाश देवकोटा ज्यु को प्रमुख अतिथियतामा कार्यक्रम सुरुभएको थियो।उक्त कार्यक्रममा स्वागत मन्तब्य रजिस्टर फर्मासिष्ट गोबिन्द तिवारीले गर्नु भएको थियो भने उक्त कार्यक्रम रजिस्टर फर्मासिष्ट सुभेन्द्र प्रसाद यादव ले संचालन गर्नु भएको थियो । प्रमुख अतिथी ज्युले विश्व फार्मेसी दिवस को शुभकामना दिदै जहाँ औषधि, त्यहाँ फर्मासिष्ट लाई महत्व दिदै, प्रत्येक नगरदेखि केन्द्र सम्म औषधि स्टोर हुने सरकारी निकाय मा फर्मासिष्ट को ब्यवस्थापन गर्ने कुरा जानकारी गराउनु भयो।
। सिद्धर्थ फर्मासियुटिकल को जि.एम.वरिष्ठ फर्मासिष्ट भोज राज बस्याल ज्युले शुभकामना मन्तब्य दिदै गुणस्तर औषधि उत्पादनमा गुणस्तर कच्चापदार्थ हुनुपर्छ र फार्मेसी पेसाको महत्व सबैले बुझ्नुपर्छ भन्नू भयो। त्यस्तै एसियन फर्मासियुटिकल को जि।एम वरिष्ठ रजिस्टर फर्मासिष्ट सभ्यता बस्याल ज्यु ले विश्व फार्मेसी दिवस 2021 को स्लोगन Pharmacy always trusted for your health लाई प्रष्ट पर्दै आफ्नो शुभकामना व्यक्त गर्नु भयो । त्यस्तै लुम्बिनी प्रदेशिक अस्पतालको अस्पताल फार्मेसी इन्चार्ज फर्मासिष्ट पदम खनाल ज्यु, फर्मासिष्ट खिम बहादुर पौडेल,NCDA रुपन्देही का कर्यकारी अध्यक्ष नारायण थापा र MELAN रुपन्देही का अध्यक्ष नारायण पौडेल ज्यु ले शुभकामना व्यक्त गर्नु भयो।
साथै वरिष्ठ रजिस्टर फर्मासिष्ट भोज राज बस्याल, वरिष्ठ रजिस्टर फर्मासिष्ट सब्यता बश्याल, रजिस्टर फर्मासिष्ट पदम खनाल र रजिस्टर फर्मासिष्ट खिम ब। पौडेल ज्यु लाई कदर पत्र द्वारा संघले सम्मान गरेको थियो। साथै सबै सहभागीद्वारा शुभकामना अदानप्रदान भयो। उक्त कार्यक्रममा नगरपालिकाको नियमानुसार नै उपस्तिथि भइ कार्यक्रम सप्पन्न भयो











